२०८१ बैशाख १७ सोमबार Monday, April 29

ताजा अपडेट :

घोडाघोडीमा पानी दिवस

पानी हाम्रो जीवन हो शुद्ध पिउने पानी हाम्रो
image

कैलाली, कैलालीको घोडाघोडीमा पानी दिवस मनाइयो कैलालीको घोडाघोडी नगरपालिका १ घोडाघोडीको सुचना केन्द्रमा एक औपचारिक कार्यक्रम गरी पानी दिवस कार्यक्रम सम्पन्न भएको छ।

 

पानी हाम्रो जीवन हो शुद्ध पिउने पानी हाम्रो भन्ने नाराका साथ दिवस मनाईएको हो । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचको आयोजनामा भएको कार्यक्रममा शुद पिउने पानीको वारेका विभिन्न सरोकारवालाहरुले चर्चा गर्नु भएको थियो ।

 

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचका अध्यक्ष दिपेन्द्र शाहीको सभापत्विमा भएको कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं. १ का अध्यक्ष मन राव शाही रहनु भएको थियो भने अतिथिहरु दरख सुखड खानेपानीका अध्यक्ष निरज मल्ल, नेपाल पंन्छी संरक्षणका हिरु लाल डगौरा, नेपाल पर्यटन पत्रकारका जिल्ला अध्यक्ष, भीम चौधरी, उपाध्यक्ष रंजित लामा सदस्य सुमित्रा खडका, प्रिन्स वि.क नेपाल पत्रकार महांसंघ सुदुर पश्चिम प्रदेश उपाध्यक्ष चादनी आर्चाय लगायतका रहनु भएको थियो ।

 

संस्थाका उपाध्यक्ष रमा आचार्यको स्गावत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा अहिले पानीको अभाववाट हुने विभिन्न समस्या, तथा पानीको मुहानको संरक्षणको वारेमा सरोकारवालहरुको विचमा अहिले चुनौटी भएको बताएका छन ।घोडाघोडी ताल एउटा सिमसार क्षेत्र भएको र अहिले घोडाघोडी तालको पानीको सतह घटदै जानुमा समेत चिन्ता व्यक्त गरेका छन ।

 

अहिले घोडाघोडी तालको पानी दिनानु दिन पानी सुकेकै कारण घोडाघोडी तालको जैविक विविधतामा कमी आउन थालेको र पानीको मुहानको संरक्षण गर्न सवै सरोकारवालाहरु जागरुकता देखाउन जरु भएको कार्यक्रमका वक्ताहरुको भनाइ रहेको छ। पानीको मुहान संरक्षण गर्न चुरेको संरक्षण गर्नुपर्ने बतएका छन ।

 

अहिले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणका लागि स्थानिय सरकारको भुमीका हुनु पर्ने र संविधान तह संरक्षण निति बनाउन आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि तथा घोडाघोडी नगरपालिका १ का अध्यक्ष मनराज शाहीको भनाई रहेको छ ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download