२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

युवती मृत्यु प्रकरणः विद्यार्थीहरु आन्दोलित

विद्यार्थीहरु आन्दोलित
image

१० माघ ।

टिप्परले किचेर महेन्द्रनगरको जनज्योती बहुमुखी क्याम्पसमा अध्ययनरत रमिता भट्टको मृत्यु भए पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो सहपाठीको मृत्यु घटनाको सत्य, तथ्य छानविन गरेर दोषि उपर कारबाहीको माग गरेर जनज्योती बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।

उचित क्षतिपुर्ति तथा दोषि उपर कारबाहीको माग गरेर सडक अवरुद्ध पारिएको विद्यार्थी लोकेन्द्र भण्डारीले  बताए ।

उनिहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भाँसी जनज्योती चोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् । टायर बालेर बिहानैदेखि उनिहरु प्रदर्शन गरिरहेका छन् ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download