२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

विवाहको ४ दिन अगाडी कञ्चनपुरमा अस्ताईन रमिता

विवाहको ४ दिन अगाडी अस्ताईन रमिता
image

यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन उनी। जीवनमा एक पटक हुने विवाहका लागि उनी खुसी थिइन। तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस संसार छाडिन। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट(रोशनी)को ज्यान गयो। बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया उनको  

घटना स्थलमै मृत्यु भयो। साईकल चढेकी रमितालाई टिपरको पछाडीको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयो। घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो। स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा प्रहार गरेका थिए। 

भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन्। डेढ वर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन्। 

रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो। नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन्।

उनको शव महाकाली अस्पतालमा राखिएको छ। ठक्कर दिने टिपरलाई घटनास्थलबाट साँझ अवेरसम्म पनि प्रहरीले कार्यालय ल्याउन सकेको थिएन्। भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो। स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन्। कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ। 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download