२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

रमिता मृत्यु प्रकरण : नगर प्रमुख सुरेन्द्र बिष्टको घरमा तोडफोड

घरमा तोडफोड
image

१० माघ ।

टिप्परको ठक्करबाट कञ्चनपुरको महेन्द्रनगरमा एक महिलाको ज्यान गएको घटनालाई लिएर आन्दोलनमा उत्रिएका मध्ये केहीले घटनालाई राजनीतीकरण गर्न खोजेका छन् । उनीहरुले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको घर तोडफोडको प्रयास गरेको देखिन्छ ।

यद्यपी प्रहरी टोली समयमै नगर प्रमुख बिष्टको घर पुगेपछि उनीहरुको दुस्प्रयास विफल भएको छ । होहल्ला गर्दै गोलमार्केटमा रहेको नगर प्रमुख बिष्टको घरमा पुगेको एक अराजक समूहलाई प्रहरीले त्यहाँबाट लखेटेको थियो । दुर्घटना स्थलमा प्रदर्शन गरिरहेको उक्त समूह नाराबाजी गर्दै नगर प्रमुख बिष्टको घरमा पुगेपछि प्रहरी टोलीले पच्छ्याउँदै उनीहरुलाई भगाएको हो ।

महेन्द्रनगरका पत्रकार पुष्कर भट्टका अनुसार नगर प्रमुख बिष्टको घर तोडफोड गर्न एक समुह नाराबाजी गरी आएको र उक्त समूहले व्यवसायी धिरज चन्दको गाडी तोडफोडको प्रयास समेत गरेको थियो । उक्त घटनालाई लिएर नगर प्रमुख बिष्टको घर तोडफोडको प्रयासले राजनीतीकरण गर्न खोजिएको देखिएको छ ।

भीमदत्त बसपार्क नजिकै बिहीबार अपराह्न से १ क ८८७ नम्बरको टिप्परको ठक्करबाट ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरूखोला घर भई हाल महेन्द्रनगरको गोबरिया भन्ने स्थानमा डेरा गरी बस्ने २० वर्षीया रमिता भट्ट रहेको प्रहरीले जनाएको छ ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत भाषीबाट महेन्द्रनगर बजारतर्फ ग्राइभेल लिएर गइरहेको टिप्परको ठक्करबाट भट्टको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनु भएको छ । मृतक भट्टको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । 

टिप्पर चालकले दुर्घटना पछि टिप्परलाई पछाडि गरी पुनः किचेको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । उक्त घटनाको विरोध गर्दै स्थानीयहरुले टिप्परमा ढुङ्गा मुडा प्रहार गरेका थिए भने भीड नियन्त्रण गर्नका लागि प्रहरीले घटनास्थलमा पाँच राउण्ड अश्रु ग्याँस समेत छोडेको थियो ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download