२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

गौरीगंगाको बढैपुरमा“शिवशक्ति ज्ञान विज्ञान धार्मिक महोत्सव संचालन हुने  

शिवशक्ति ज्ञान विज्ञान धार्मिक महोत्सव संचालन हुने  
image

पौष २६ शेर बहादुर चौधरी, गौरीगंगा नगरपालीका वडा नं.८ बढैपुरको लिक्मा मेला लाग्ने ठाउँमा रहेको शिव मन्दिरमा यहि फाल्गुन ९ गते देखि  १६ गते सम्म “शिवशक्ति ज्ञान विज्ञान धार्मिक महा महोत्सव २०७६” लाग्ने आज पत्रकार सम्मेलन गर्दै शिवशक्ति ज्ञान विज्ञान धार्मिक महा महोत्सव समितिका संयोजक दिपेन्द्र गिरीले जानकारी दिनुभएको हो।

पछिल्लो समयमा  धर्मलाई व्यापार बनाईरहेकाले आफुहरुले त्यसलाई न्युनिकरण गर्नका लागि धार्मिक महा महोत्सब लगाईरहेको गिरीले बताउनुभएको छ। धर्म प्रति सम्पुर्णलाई आकर्षण गर्नु नै आफुहरुको मुख्य उदेश्य रहेको बताउनु भयो। सो  शिव शक्ति ज्ञान महा महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढिरहेको पनि पत्रकार सम्मेलनबाट उहाँले जानकारी दिनुभएको छ।

उक्त धार्मिक महा महोत्सवमा १२ देखि १३ लाख सम्मको खर्च लाग्ने अनुमान गरीएको छ भने ४० देखि ५० लाख रकम आम्दानि हुने अनुमान गरीएको छ। सो धार्मिक महा महोत्सव बाट  उठेको रकम त्यहि शिव मन्दिरको विकासमा नै खर्च गरीने तथा  २०० बर्ष पुरानो रहेको मन्दिरलाई लिक्मा नदिले कटान गरेकोले त्यस मन्दिर लाई पुनःनिमार्ण गर्नका लागि पनि यो महा महोत्सब सञ्चालन गरीरहेको संयोजक दिपेन्द्र गिरीले बताउनु भएको छ।


सो शिवशक्ति ज्ञान विज्ञान धार्मिक महा महोत्सवमा कथा बाचक संजेल जी महाराज ले गर्नुहुने भएको छ। महायज्ञ भव्य रुपमा सफल र सम्पन्न पार्नका लागि सम्पुर्ण स्थानिय तह,बुद्धिजिवी र समाजसेविहरुले पनि आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने अपेक्षा रहेको शिवशक्ति ज्ञान विज्ञान धार्मिक महा महोत्सव समितिका संयोजक दिपेन्द्र गिरीले बताउनु भएको छ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download