२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

आफ्नै विवाहको कार्ड बाड्दै गरेकी रमिताका लागि काल बनेर आयो टिप्पर

रमिताका लागि काल बनेर आयो टिप्पर
image

१० माघ – यही माघ १३ मा उनको विवाह हुँदै थियो । जीवनमा एक पटक हुने विवाहका लागि उनमा कम्ति उमङ्ग थिएन । त्यसैले उनी आफनो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन । तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस धर्ती छोडिन । बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट उनको ज्यान गयो ।

मृतक हुन रमिता भट्ट९रोशनी० । ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती भट्टको घटनास्थलमै मृत्यु भयो । साईकल चढेकी रमितालाई टिपरले ठक्कर दिएको थियो । टिपरको पछाडीको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयो । घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा प्रहार गरेका थिए ।

भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् । प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसंग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’

रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो । नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् । उनको शव महाकाली अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपरलाई घटनास्थलबाट साँझ अवेरसम्म पनि प्रहरीले कार्यालय ल्याउन सकेको थिएन् ।

भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download