२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

लिक्मामा थारु कमैया होम स्टे प्रवद्र्धनको लागी माघ महोत्सव

थारु कमैया होम स्टेमा माघ महोत्सव
image

षौष २६ ,शेर बहादुर चौधरी, कैलालीको गौरीगंगा नगरपालिका लिक्मा शिविर गाउँमा थारु होमेस्ते गाउँ कमैया माघी महोत्सब हुने भएको थारु होमेस्टे गाउँ कमैया पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा माघ १० देखी १२ गते सम्म महोत्सव हुने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको

संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करि काम,सस्कृति भेषभुषा राखी हमार पहिचानभन्ने मुल नाराका साथ महोत्सव हुने भएको हो सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न नेपाल भ्रमण बर्ष लाई सफल पार्न आफुहरुले महोत्सव आयोजना गर्न लागेको आयोजक समितिका संयोजक हिरालाल डगौँराले जानकारी दिए

होम स्टे संचालन गर्ने स्थानको प्रचारप्रसार गर्ने, होम स्ते प्रवद्धर्न संचालन गर्ने आवश्यक सहयोग जटाउने, थारु संस्कृति कलाको संरक्षण जगेर्ना गर्ने,थारु परिकारको संरक्षण उपयोगीताको प्रचारप्रसार गर्ने, थारु परम्परा चालचलन सरसमाग्री सम्पदाको संरक्षण गर्ने थारु भेषभुषाको संरक्षण प्रवद्धर्न गर्दे महत्व जोगाई राख्ने उदेश्यले थारु होम स्टे गाउँ कमैया माघ महोत्सबको आयोजन गर्न लागेको चौधरीले बताए

महोत्सवले स्थानीय कला संस्कृतिकको जगेर्ना गरी विकासमा टेवा, स्थानीय उत्पादनहरुलाई बजारमुखी बनाई बजार सम्म सहज पहुँचको व्यवस्था मिलाउन टेवा पुग्ने विश्वास लिइएको

महोत्सब भरी थारु परिकारको प्रसारप्रचार प्रवद्धर्न स्वा चखाउने,थारु संस्कृति अन्तरगत बिभिन्न नाचहरु सखिया नाच, झुम्रा नाच, हुदङगवा नाच, तरुहवा नाच, कठ घोरी नाच, दिननचुवा नाच बिभिन्न कलाहरु प्रर्दशन गर्ने, मट्का भोड, डोरी तान्ने, साइकिल स्लो, मोटरसाइकल स्लो, कवड्डी खेल खेलाईने थारु परम्परागत सामाग्रीको संरक्षण, प्रवद्धर्न बिकासका लागि प्रचारप्रसार गर्ने भएको आन्तरीक तथा बाह्य पर्यटकहरुको बस्नको लागी ११ वटा घरहरुको व्यवस्था गरीएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको

 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download