२०८१ बैशाख १६ आइतबार Sunday, April 28

ताजा अपडेट :

हेमराज थापा र मिस्टर आर जे को ‘साली भनौला’ सार्वजनिक

‘साली भनौला’
image

पहलमानपुर, कैलाली,  गायक हेमराज थापाले ‘साली भनौला’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । मंगलबार ओपेरा म्युजिक युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

 

लामो समयदेखि पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संचारकर्मी प्रकाश मिश्रको शव्द तथा गायक हेमराज थापाको संगित तथा स्वरमा सजिएको उक्त गितमा सोनु कुश्मिको आवाजले झन सुनमा सुगन्ध थपेको छ । गितमा अहिलेका चर्चित र्‍यापर राजेन्द्र भट्ट (Mr. Rj) को र्‍याप रहेको छ भने पुष्कर सुनारले एरेन्ज भरेका छन् ।

 

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सुहन सेट्टी र निशा पुरिको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छ्न भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download