२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

हरियाली सामुदायिक वन उपभोक्ता समुहको १० औं साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ।

१० औं साधरण सभा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
image

कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ५ देवकलियामा रहेको  हरियाली सामुदायिक वन उपभोक्ता समूह १०औं वार्षिक साधारण सभा तथा सार्बजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

 

हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष श्री हिमानी देबी चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि  सब डिभिजन वन कार्यालय सुख्खडका सहायक वन अधिकृत श्री समिर थापा रहनु भएको थियो । बिशिष्ट अतिथि डल्फिन संरक्षण समितिका सचिव श्री बिजयराज श्रेष्ठ, चरा संरक्षण नेटवर्कका फिल्ड अधिकृत हिरुलाल डगौरा, ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक हरिशरण भट्ट, घोडाघोडी नगरपालिका वडा नं. ५ का दलित महिला सदस्य राजु बि.क रहनु भएको थियो ।

 

यस्तै राजराजेश्वरी सामुदायिक वन उपभोक्ता समूह फारमका सदस्य लक्ष्मी कार्की, मोहन्याल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कासिराम बोहरा, लालिगुराँस सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कासी खडायत, धोटैली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मराज कडेल रहनु भएको थियो ।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, विशिष्ट अतिथिले ब्यानर खोली पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरिएको थियो ।

 

यस्तै कार्यक्रममाका बक्ताहरुले सामुदायिक वन संरक्षणमा संचालक समितिको जिम्मेवारी मात्र नभई सम्पूर्ण उपभोक्ताहरुको बताएका छन ।  वन संरक्षणका साथ साथै वन्यजन्तु तथा पंक्षी संरक्षणमा पनि जोड दिनुपर्ने बताउनु छन । यस्तै आ.ब. २०७५÷७६को आय ब्यय रु. ४१७०१६.२१ चार लाख सत्र हजार सोह्र रुपियाँ एक्काइस पैसा रकम सामुदायिक वन उपभोक्ता समितिका सचिव पुरण चौधरीले प्रस्तुत गर्नुभएको थियो । 


 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download