२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

कैलाली कैलालीको पहलमानपुरमा मोटर साईकल दुर्घटना ३ जना घाइते । 

पहलमानपुरमा मोटर साईकल दुर्घटना ३ जना घाइते ।
image

विवश चौधरी, पहलमानपुर, २१
कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरमा आज विहान करिव ८ः३० वजे तिर दुइ अ‍ोटा मोटर साईकल एक आपसमा टोकिदा ३ जना घाइते भएका छन । पूर्ववाट पश्चि तर्फ गै रहेको से.३ प. ३३९६ नम्वरको मोटर साइकल र सोही दिशा तर्फवाट आइ रहेको से.३ प. ६२७३ नम्बरको मोटर साइकलले साइड दिने क्रममा पहलमानपुर वजार चौकमा ठक्कर दिदा ३ जना घाइते भएका हुन ।

मोटर साइकलको ठक्करवाट घाइते हुनेमा घोडाघोडी नगरपालिका वडा नं. ९ वस्ने वर्ष ४६ का विर बहादुर बुढा गम्भीर घाइते भएका छन ।  भने पछाडीवाट ठक्कर दिने घोडाघोडी नगरपालिका वडा नं. १ सुखडका  से.३ प. ६२७३ नंम्बरको मोटर साइकल चालक २० वर्षका  निर्मल कडेल पछाडी वस्ने काँशी नाथ कडेल सामान्य घाइते भएका छन ।

निर्मल र काशी नाथ वुवा छोरा हुन । मोटर साइकलको ठक्कवाट गम्भिर घाइते भएका बिर बहादुर चौधरीको खट्टा भाचिएको छ । घाइतेहरुको सुखड स्थित घोडाघोडी अस्पतालमा सामान्य उपचार पछि नेपालगंज रिफर गरिएको पहलमानपुर प्रहरी चौकीले जानकारी दिएको छ भने मोटर साईकाल प्रहरी चौकी पहलमानपुरको नियन्त्रणमा रहेको पहलमानपुर चौकीका प्रहरी प्रमुख प्रताप चन्दले जानकारी दिनु भएको छ ।   
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download