२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

पहलमानपुरमा आज पारिवारिक सहमतीमा वाल विवाह भै रहेको अवस्थामा प्रहरीद्धारा पक्राउ । 

आज पारिवारिक सहमतीमा वाल विवाह भै रहेको अवस्थामा प्रहरीद्धारा पक्राउ । 
image

विवश चौधरी, पहलमानपुर, कैलाली,२१  कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १० मा आज दशैको टिकाको अवसर पारेर एक जोडीको विवाहको तयारी भै रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

घोडाघोडी नगरपालिका १० का सिताराम कडेलको १७ वर्षिय छोरी कल्पना कडेल र सोही ठाउँ वस्ने मान बहादुर रोकायाका छोरा १९ वर्षिय विर बहादुर रोकायाको पारिवारीक सहमतीमा आज हुने वाल विवाहको खवर पाए पछि पहलमानपुर प्रहरीले पक्राउ गरेको हो ।

यहि असोज १४ गतेका दिन उनीहरु भागेर भारत गएका थिए भने दशै मनाउन आएको वेलामा परिवारको सहमतीमा उनीहरुको वाल विवाह गर्ने सहमती रहेको थियो । वाल विवाह भै रहेको खवर पाए लगत्तै प्रहरीले उनीहरलई पक्राउ गरेको हो ।

आज विहान घोडाघोडी नगरपालिका वडा नं. १० का जनप्रतिनिधि तथा पहलमानपुर प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी वाल विवाह रोकेको थियो ।  
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download