२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

हिन्दु नेपालीहरुको महान चाड वडा दशै सकिए संगै पहलमानपुर बजारमा चहलपहल बढयो ।

दशै सकिए संगै पहलमानपुर बजारमा चहलपहल बढयो ।

विवश चौधरी, पहलमानपुर, २२ कैलाली
हिन्दु नेपालीहरुको महान चाड वडा दशै सकिए संगै बजारमा चहलपहल शुरु भएको छ । हिजो बडा दशैको टिका लगाए सकिएसंगै आफ्नो कर्मथलो फर्नेहरु तथा आफ्न्तहरुसंगको भेटघाट एवं टिका जमरा लगाई सकिएकाहरु फर्के क्रम बढेसंगै आज दिनभर सडक तथा बजार चौकमा मानिसहरुको चहलपहल बढेको छ ।

दशै मनाउन गएकाहरु फर्किन लागे पछि मानिसहरुको चहलपहल बढेको हो ।यस्तै  हिजो दिनभर पहलमानपुर वजारमा प्राय सुनसान रहनुका साथै अधिकाश पसलहर बन्द रहेका थिए ।

तर दशैको टिका सकिए पछि आज विहानै देखि  पहलमानपुर वजारका पसलहरु प्राय खुल्ला रहेका छन । भने वजारको चौकहरुका गन्तव्य तर्फ फर्कने मान्छेहरुको बाक्लो उपस्थिती रहेको छ । यस्तै लामौ तथा छोटो दुरीका सवारी साधनहरुमा पनि यात्रुहरुको भिडभाड रहेको छ । 
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download