२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

कैलाली मसुरिया स्वास्थ्य चौकीमा विश्व मानसिक स्थास्थ्य दिवस कार्यक्रम भव्यताका साथ मनाईयो ।

स्वास्थ्य चौकीमा विश्व मानसिक स्थास्थ्य दिवस कार्यक्रम भव्यताका साथ मनाईयो ।

विवश चौधरी, २३ पहलमानपुर, आज विश्व मानसिक स्वास्थ्य दिवस । नेपालमा पनि विभिन्न सचेतनाका कार्यक्रम गरि यो दिवस मनाईएको छ । सो अवसर पारी गौरीगंगा नगरपालिका वडा नं. ९ मसुरिया स्वास्थ्य चौकीमा पनि विश्व मानसिक स्थास्थ्य दिवस कार्यक्रम भव्यताका साथ मनाइएको छ । मसुरीया स्वास्थ्य चौकिको आयोजनामा भएको उक्त कार्यक्रमलाई गौरीगंगा नगरपालीकाले आर्थिक सहयोग गरेको थियो। मसुरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद तिवारी,उपाध्यक्ष पवन कुमार बोगटि,सदस्यहरु गणेश बहादुर बि.क,नर ब. खाति,प्रतिक्षा चौधरी, चन्द्र किरण चौधरी,स्वास्थ्यकर्मि गोविन्द स्वार, ३० जना स्वयमसेविकाहरु, र स्वास्थ्य चौकिका सम्पुर्ण कर्मचारीहरुको सहभागितामा स्वास्थ्य चौकी देखि मसुरीया बजार सम्म “विश्व मानसिक स्वास्थ्य दिवस सफल पारौँ”–“मानसिक रोगिलाई दया होईन माया गरौँ”–“आत्महत्या रोकथाममा सबैले सहकार्य गरौँ” भन्ने मूल नाराका साथ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download