२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

कैलालीको लम्कीमा भएको झडपमा एक जनाको मृत्यु, दुई जना पक्राउ

लम्कीमा भएको झडपमा एक जनाको मृत्यु, दुई जना पक्राउ
image

विवश चौधरी, २४ पहलमानपुर, कैलाली कैलालीको लम्कीमा दुई समूहबिच भएको झडपमा परि एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका वडा नम्वर १ मा २० गते राती भएको झडपमा परि घाईते भएका एक जनाको बिहिवार मृत्यु भएको हो।वडा नम्वर १ थकालीपुरका १३ बर्षीय बखत भण्डारीको मृत्यु भएको हो।

उनको टाउको र आखामा चोट लागेकोमा उपचारका लागि लखनउ पठाईएको थियो।लखनउमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

घटनामा संग्लन भएको आरोपमा दुई जना पक्राउ परेका छन्।लम्की चुहा नगरपालिका वडा नम्वर १ का बृहस्पती शाही र जिवन रावललाई प्रहरीले पक्राउ गरेको हो। मृतकको शव पोष्टमार्टका लागि भेरी अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए।मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन्।

वडा नम्वर १ का वडा अध्यक्षका छोराको समेत घटनामा संग्लनता रहेको आरोप लागेको छ। स्थानीयले दुई समूहबिच ढुङगा हानाहान भएको बताएका छन्।२० गते राती १० बजे युवाहरुको दुई समूहविच विवाद हुँदा झडप भएको थियो। प्रहरीले भने घटना के कती कारणले भयो भन्ने विषयमा पनि अनुसन्धान भईरहेको जनाएको छ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download