२०८१ बैशाख २० बिहीबार Thursday, May 02

ताजा अपडेट :

घोडाघोडी कप फुटबल प्रतियोगिताको तयारी पुरा

कप फुटबल प्रतियोगिताको तयारी पुरा
image

विवश चौधरी, पहलमानपुर २४, कैलाली कैलालीको घोडाघोडीमा हुन लागेको प्रथम आमन्त्रीत घोडाघोडी कपको सम्पुर्ण तयारी पुरा भएको छ । शनिबारबाट शुरु हुने ठुलो धनराशीको प्रतियोगितामा सुदूर तथा मध्यपश्चिमका ए श्रेणी तथा विभागीय गरी १२ टीमको सहभागीता रहने आयोजकले जनाएको छ ।बिगत देखी नै फुटबलका राम्रा खेलाडी उत्पादन गर्दै आएको यस क्लवले आयोजना गरेको प्रतियोगिताबाट घोडाघोडीलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउन सघाउ पुग्नुका साथै नयाँ खेडीहरुलाई थप सिकाई हुने क्लवका अध्यक्ष अर्जुन भट्ट बताउछन ।

उसो त घोडाघोडी नगरपालिका पर्यटकीय क्षेत्र संगै फुटबलको क्षेत्रमा पनि निकै सम्भावना बोकेको नगरपालिका हो । यस पालिका भित्रका बिभिन्न क्लव तथा खेलाडीहरु फुटबललाई उजागर गरी नया खेलाडी उत्पादनमा लागिपरेका छन ।वर्षमा एक पटक नभई धेरै पटक बिभिन्न प्रतियोगिताहरु संचालन गरे घोडाघोडी फुटबलको क्षेत्रमा सुदुरपश्चिम कै आश लाग्दो र सम्भावना बोकेको पालिका भएको क्लवका पुर्व कप्तान तथा एनफाका कैलाली जिल्ला रेफ्रि कृष्ण खत्रीले बताए ।

घोडाघोडी क्लवले उत्पादन गरेका खेलाडीहरु राष्ट्रिय, क्षेत्रीय तथा जिल्ला स्तरका बिभिन्न प्रतियोगिता खेल्ने गरेको बताउदै प्रतियोगिताबाट आयोजकको उदेश्य प्राप्ती हुने उनको भनाई छ ।खेलकुदमा बिभिन्न ठाउमा देखिने गरेका बिबादहरु यस प्रतियोगितामा भने नहुने र निस्पक्ष रुपमा खेल हुने आयोजकले दाबि गरेको छ । बाहिरी दर्शक तथा खेलाडीहरुको बिचमा पनि बिबाद सृजना हुन नदिन आयोजकले छुट्टै योजना बनाएको घोडाघोडी क्लवका सचिव बिष्णु सापकोटाले बताएका छन । प्रतियोगिताको बिजेताले २ लाख १ सय १ रुपैयाँ प्राप्त गर्दा उप–बिजेताले १ लाख १ सय १ रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक, गोलकर्ता तथा उदयमान खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था रहेको जनाईएको छ ।
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download